देश/प्रदेश

चितवनकी सामाजिक अभियन्ता तारा बरालले गरिन् हेलमेट पत्रकार सम्मेलन

Banner

काठमाडौं, चैत ११-

चितवनकी सामाजिक अभियन्ता तारा बरालले वैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायका लागि आफूहरु वैदेशिक रोजगार विभागमा जाँदा कुटाई खाएको भन्दै हेलमेट पत्रकार सम्मेलन गरेकी छन् ।

पीडितहरुको पीडा लिएर वैदेशिक रोजगार विभागमा जाँदा गत फागुन १६ गते भौतिक आक्रमण भएको उनले बताइन् । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

मेन पावरबाट सुरक्षित बनौं भन्ने सन्देश दिनका लागि आफूहरुले आज हेलमेट कार्यक्रम गरेको उनले बताइन् । आज (शनिबार) रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ता बरालले वैदेशिक रोजगारीको नियमनका लागि विभिन्न सरकारी निकाय भए पनि पीडितको गुनासो कसैले पनि नसुनेको बताइन् ।

‘वैदेशिक रोजगारीको नियमनका लागि यहाँ स्थानीय तहको वडादेखि लिएर वैदेशिक रोजगार विभाग, प्रहरी प्रशासन, श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदूतावासहरु छन् । तर, पीडितहरुको सुनुवाइ गरिदिने कोही पनि छैनन् । जनताको पसिनाले पालेको यति धेरै निकाय हुँदा पनि किन यति धेरै पीडित छन् ? पीडित समस्या लिएर जाँदा मेरो दायित्व भित्र पर्दैन भनेर हरेकले पन्छाउँछ भने पीडित जाने कहाँ ?’–उनले प्रश्न गरिन् ।

वैदेशिक रोजगार विभागमा पत्रकारहरुको क्यामेरा समेत लुटपाट भएको उनले बताइन् । भोलिपल्ट वैदेशिक रोजगार विभागले माफी मागेर पत्रकारको क्यामेरा फिर्ता गरेको उनको दाबी छ । वैदेशिक रोजगारका कर्मचारीहरु मेन पावर व्यवसायीसँग साँठगाँठ गर्ने र सेवाग्राहीलाई भने तर्साउने गरेको बरालको आरोप छ । विभागका प्रमुखले आफूहरुलाई कुटाउनका लागि मान्छे नै बोलाएर राखेको उनको आरोप छ ।

वैदेशिक रोजगारलाई नियमन गर्ने निकायहरु वैदेशिक रोजगार विभाग, श्रम मन्त्रालयलगायतमा पीडितका गुनासो सुन्ने भन्दा पनि पीडितलाई थर्काउने र तर्साउने काम भइरहेको बरालको आरोप छ । आफू पीडितको गुनासो सुन्ने आधिकारिक कोही नभएको उनले बताइन् । पीडितले पीडा लिएर आएपछि आफूले सहयोग गर्ने प्रयास गरिरहेको उनको भनाइ छ । ‘पीडितहरुको पीडा मैले सुन्न नसकेको हो । त्यहाँ उजुर हालेको एक महिनासम्म पनि उनीहरुले खोजी गर्दैनन् । त्यो भएपछि पीडित हामीसँग आउँछ । म केही होइन । म यो खोजी गर्ने कोही पनि होइन । नेपाली जनता मात्रै हो । जनताको अधिकार छैन र पीडितको पीडा खोज्न ? उनले प्रश्न गरिन् ।

आफूले कसैको काम गरिदिएको वापत अहिलेसम्म कसैको एक रुपैयाँ पनि नलिएको उनले बताइन् । कसैसँग पैसा लिएको प्रमाण भए सार्वजनिक गरिदिन पनि उनले चुनौती दिइन् । बाबा मेनपावरका प्रज्ञान न्यौपानेले तारा बरालले पैसा खाएको आरोप लगाएको भन्दै उनले आपत्ति जनाइन् । साथै, वैदेशिक रोजगारका क्रममा देखिने समस्या तत्काल समाधानका लागि उनले सरकारसँग आग्रह गरिन् ।

वैदेशिक रोजगार उद्धार नेपालक ाअध्यक्ष ईन्द्रलाल गोलेले युवाहरु घरजग्गा बन्धकी राखेर सपना बोकी वैदेशिक रोजगारमा गए पनि सरोकारवाला निकायले प्रभावकारी समन्वय नगर्दा अहिले जटिल समस्या आइरहेको बताए । साथै, वैदेशिक रोजगारमा जानेहरुले पनि आफू जाने देश, काम, पाउने सुविधालगायतका कुरा राम्रोसँग बुझेर जानुपर्ने उनले बताए । आफूहरुले पीडितको पक्षमा बोल्दा मेनपावरले गुण्डाको ट्याग लगाएको उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>