चितवन विशेष

चितवनमा नेकपा माओवादी केन्द्रको जनसम्वन्ध अभियान सुरु

Banner

चितवन, चैत ११–

नेकपा माओवादी केन्द्रले जनता र पार्टीको सम्बन्ध स्थापित गर्न देशैभर जनसम्वन्ध सुदृढ अभियान सञ्चालन गरेको छ । नेकपा माओवादी केन्द्र चितवनले पनि जिल्लाव्यापी रुपमा यो अभियान लैजान विहिबार चितवनका सातै पालिकाको बैठक सम्पन्न गरिएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज घनश्याम दाहालले जानकारी दिए । हरेक पालिकाको वडामा खटिएका नेता र कार्यकर्ताले टोल–टोलमा गई सेल कमिटी निर्माण र सदस्यता वितरण गर्ने उनले बताए ।

पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले यो अभियान मार्फत जनगुनासो र जनअपेक्षा बुझेर आन्तरिक कमिटी गठन गर्ने, विकास निर्माण र जनश्रमदानमा समेत जोडिने बताएका छन् । माओवादी केन्द्रका केन्द्रिय सदस्य ठाकुर ढकालले पछिल्लो समय पार्टी र जनताको दुरी टाढा भएको विषयमा अन्तरक्रिया गर्ने, पार्टीलाई संगठित र अनुशासित बनाउने बताए । जनताको घर दैलोमा गएर बेपत्ता, सहिद परिवार, जेष्ठ नागरिक र असशक्त कार्यकर्तालाई भेटेर वास्तविक समस्या बुझेर समाधान गर्न माथिल्लो कमिटीलाई सिफारिस गरिने उनले बताए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको संघीय सरकार र पार्टी नेतृत्वमा सञ्चालन भएका तथा स्थानीय सरकारले गरेका विकास निर्माणका कार्यहरुको जानकारी गराउन पनि यो अभियान सुरु गरिएको नेकपा माओवादी केन्द्र भरतपुर महानगरका अध्यक्ष इश्वर सापकोटाले बताए । अभियानमा वडाका सेल कमिटीदेखि प्रदेश र संघसम्म संगठिन गर्ने, विकास निर्माणलाई जनस्तरसम्म पु¥याउने, जनताका समस्यालाई केन्द्रित गरी समाधान गर्ने पनि अध्यक्ष सापकोटाले बताए ।

यो अभियान सफल बनाउन जिल्लाका ७ वटै पालिकाका वडामा केन्द्रदेखि वडा तहसम्मका नेता र कार्यकर्ता खटिएका छन् । भरतपुर महानगरका २९ वडामा माओवादी केन्द्रको केन्द्रिय सदस्य रेणु दाहालको कमाण्डमा अभियान सुरु भएको छ । विभिन्न वडाहरुमा पार्टीका केन्द्रीय सदस्य ठाकुर ढकाल र जिल्ला ईन्चार्ज घनश्याम दाहालको नेतृत्वमा प्रशिक्षण सुरु गरिएको छ ।

राप्ती नगरपालिकामा कञ्चन खनाल, पार्टीका जिल्ला संयोजक रामचन्द्र अधिकारी, खैरहनीमा ऋषि काफ्ले, रत्ननगरमा संगिता भट्टराई र कालिका नगरपालिकामा रामध्वज डल्लाकोटीको कमाण्डमा यो अभियान सञ्चालन गरिएको छ ।

जिल्लाको एकमात्र गाउँपालिका ईच्छाकामनामा नेता अर्जुन पाठकको नेतृत्वमा टोली परिचालन गरिएको छ । उक्त अभियानमा जनवर्गीय संगठन पनि परिचालन गरिएको छ । विद्यार्थी संगठनहरुलाई भने स्ववियू निर्वाचनमा केन्द्रित गरिएको सो पार्टीले जनाएको छ ।

यो अभियान चैत महिनासम्म सञ्चालन गरिने जनाइएको छ । उक्त अभियानमा समाचार संकलन गर्न प्रेस सेन्टरको प्रदेशदेखि पालिकासम्मको टिम परिचालन गरिएको सो पार्टीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>