चितवन विशेष
चितवनमा खोलाले बगाएर युवक बेपत्ता,एकको उद्धार
०

चितवन,चैत १०-
पश्चिम चितवनको राप्ती खोलामा पौडी खेल्न गएका बर्दियाका दुई युवकमध्ये एक जना बेपत्ता भएका छन् । अर्का एक जनाको सकुशल उद्धार गरिएको छ । उनीहरू दुवै जना भरतपुर महानगरपालिका–२७ मा निर्माणाधीन राइनो होटलका लागि काम गरिरहेका कामदार थिए । यहाँ काम गर्न बर्दिया बारबर्दिया नगरपालिका–९ बाट उनीहरू केही समयअघि चितवन आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
खोलामा बगेर बेपत्ता हुनेमा १९ वर्षीय राजेश चौधरी रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । उनी १९ वर्षकै साथी सुन्दर चौधरीसँग पौडी खेल्न शुक्रबार दिउँसो साढे १ बजेतिर राप्ती खोलामा गएका थिए । खोलाले बगाउँदै गर्दा सुन्दरको भने उद्धार भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























