Breaking News
बसन्त कुवँर बने नयाँ आइजिपी
०

काठमाडौँ, चैत १०–
सरकारले बसन्त कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको छ ।
आज (शुक्रबार) बसेको मन्त्रिपरिषद बैठकले केही दिनअघि प्रहरी अतिरिक्त महानिरीक्षक बनेका कुँवरलाई वरीयता र कार्यक्षमताका आधार नयाँ प्रहरी प्रमुख बनाउने निर्णय गरेको हो । कुँवर २०८१ चैतसम्म प्रहरीको नेतृत्वमा रहने छन्।
पाँच जना एआइजीमध्येबाट सरकारले पहिलो वरीयतामा रहेका कुँवरलाई नै आइजिपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् । कुवँर पहिलो बरियतामा रहेकाले पनि सरकारले बिना विवाद कुवँरलाई नियुक्त गरेको हो ।
आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>