Breaking News
सबैभन्दा धेरै जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो, ७ लाख नाघ्यो चितवनको जनसंख्या
०

चितवन, चैत १०–
चितवनको कुल जनसंख्या ७ लाख नाघेको छ । सरकारले राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।
जनगणनाको नतिजा अनुसार जनसंख्या वृद्धिदर हुने जिल्लामा चितवन तेस्रो स्थानमा रहेको छ । तथ्यांक अनुसार चितवनको वार्षिक जनसंख्या वृद्धिदर २.०७ प्रतिशत रहेको छ । जनगणनाको अन्तिम नतिजा अनुसार चितवनको कुल जनसंख्या ७ लाख १९ हजार ८५९ पुगेको छ । यसअघि २०६८ सालमा गरिएको जनगणनामा चितवनको जनसंख्या ५ लाख ७९ हजार ९८४ रहेको थियो ।
यस्तै सबैभन्दा धेरै जनसंख्या भएको नगरपालिकाहरु मध्ये चितवनको भरतपुर महानगरपालिका तेस्रो स्थानमा रहेको छ । भरतपुरको कुल जनसंख्या ३ लाख ६९ २६८ रहेको छ । भरतपुरमा कुल परिवार संख्या ९६ हजार ५९१ रहेको छ । भरतपुरको जनसंख्यामा पुरुष १ लाख ७८ हजार ८९७ रहेको छ भने महिला १ लाख ९० हजार ३७१ रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>