चितवन विशेष

चितवनबाट १० महिना अघि जापान गएकी आरती एक हप्तादेखि सम्पर्कविहीन,खोजी गरिदिन अपिल

Banner

चितवन,चैत १०-

चितवनबाट १० महिना अघि जापान गएकी आरती खनाल एक हप्तादेखि सम्पर्कविहीन भएकी छन् । जापानको ओसाकामा बस्दै आएकी आरती साथीलाई ‘जाइरो कार्ड’ बनाउन जान्छु भनेर कोठाबाट निस्केपछि सम्पर्कविहीन भएकी हुन् । १० महिना अगाडि विद्यार्थी भिसामा उनि जापान गएकी थिइन । चितवनको भरतपुर महानगरपालिका १२ स्थायी घर भएकी २२ वर्षीया आरतीको खोजी कार्यमा सहयोग गर्न उनका परिवार एवं जापानमा रहेका विभिन्न संघ संस्थाले अपिल गरेका छन् ।

उनी जापानको ओसाका सिटिको इकोनो कु काट्सुयामा कित्ता १-३-२ मा बस्दै आएको बताइएको छ । उनका बुवा देवराज खनाल र आमा राधिका खनालले आफ्नी छोरीको बारेमा जानकारी हुनासाथ खबर गर्न अनुरोध गरेका छन् । उनीहरूलाई नेपालमा ९८११ २४१९१२ र ९८२५२६६४८९ मा सम्पर्क गर्न सकिने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>