समाचार

काठमाडौंको धुम्बाराहीमा आठ वटा सवारीसाधन जुध्दा ९ जना घाइते

Banner

काठमाडौं,चैत ९-

काठमाडौँको धुम्बाराहीस्थित रिङरोडमा आठ वटा सवारीसाधन एक आपसमा जुधेका छन्। सवारी एकआपसमा जुध्दा ९ जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सिताराम रिजालले जानकारी दिए।

उनका अनुसार घाइतेहरुमध्ये एक जनाको टिचिङ अस्पतालमा र बाँकीको हेम्स अस्पतालका उपचार भइरहेको छ। घाइतेमध्ये कसैको पनि अवस्था गम्भीर नरहेको उनले बताए। सुरुमा एक मिनि माइक्रोले मार्बल बोकेको एक सवारीलाई ठक्कर दिएको थियो। त्यसपछि क्रमशः अन्य सवारीहरु आपसमा जुधेको उनले बताएका छन्। उनका अनुसार ४ वटा चारपाङ्ग्रे सवारीसाधन र ४ वटा दुई पाङ्ग्रे सवारीसाधन आपसमा जुधेका हुन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>