अन्तर्राष्ट्रिय

बिरामी पिटेको आरोप लागेकी नेपाली नर्सले अस्ट्रेलियामा आठ महिना निःशुल्क काम गर्नुपर्ने

Banner

सिड्नी, चैत ९

अष्ट्रेलियामा बिरामीमाथि हिंस्रक व्यवहार गरेको आरोप लागेकी नेपाली नर्सलाई स्थानीय अदालतले आठ महिना सामुदायिक सेवामा बिताउनु पर्ने फैसला सुनाएको छ। सिड्नीको एक वृद्ध स्याहार केन्द्रका बासिन्दामाथि कुटपिटको आरोप लागेकी पाण्डेको मुद्दामा स्थानीय अदालतले सो फैसला सुनाएको हो।

गत शुक्रबार मुद्दाको टुंगो लगाउँदै पारामाटास्थित स्थानीय अदालतले पाण्डेलाई काराबासको सट्टामा अदालतले दिएका सर्तसहित आठ महिना सामुदायिक सेवामा समय बिताउनु पर्ने आदेश दिएको हो। यस अन्तर्गत उनले ३० घण्टा निःशुल्क रूपमा समुदायमा सेवा गर्नुपर्नेछ भने अदालतका अन्य आदेशहरूको पनि पालना गर्नु पर्नेछ। इजलासले पाण्डेलाई जेल वा कारावास सजायको सट्टामा सामुदायिक कामका लागि आदेश जारी गरेको हो।

एभिओ अर्थात् पीडितको वरिपरि समेत जान नपाइने घरेलु हिंसासम्बन्धी आदेश अनुरूप अस्मिताले पीडित व्यक्तिको वासस्थान वा कार्यस्थलमा जान पाउने छैनन्। ऐज केयरका वृद्धहरूलाई पिटेको आरोपमा पाण्डेलाई प्रहरीले पक्राउ गरी कारबाही अगाडि बढाएको थियो भने पछि उनलाई बेलमा रिहा गरिएको थियो।

सन् २०२२ को मार्च २६ का दिन न्यु साउथ वेल्सको इपिङ्गमा रहेको इस्टिया हेल्थ नामक एज्ड केयर फेसिलिटीमा दुई जना वृद्धामाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। उनी पक्राउ परेलगत्तै इस्टिया हेल्थले समेत उनलाई जागिरबाट निलम्बन गरेको थियो। अस्मिताले भने आफूले दुर्व्यवहार नगरेको बताउँदै आएकी थिइन्। स्रोतः सेता पार्टी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>