देश/प्रदेश

तपाईंको स्मार्टफोन ह्याक भएको त छैन ? यी हुन् ५ संकेत

Banner

काठमाडौँ, चैत ९

अहिलेको डिजिटल विश्वमा फोटो खिच्नेदेखि लिएर रकम भुक्तानी सम्मका हरेक काम हामी स्मार्टफोनबाटै गर्न थालेका छौं ।

स्मार्टफोनबाट दैनिक जीवनका अधिकांस कामहरु गर्न थालिएको सन्दर्भमा अनलाइन बैंकिङ तथा सोसल मिडियाको प्रयोगका क्रममा ह्याकिङ तथा डाटा लिक हुने सबैभन्दा ठुलो जोखिम रहन्छ ।

ह्याकर्सका लागि कम्प्युटरका तुलनामा स्मार्टफोन ह्याक गर्न सजिलो हुन्छ । विभिन्न अध्ययन तथा एप्पल आफ्नै दाबी अनुसार एप्पलका आइओएस डिभाइसहरु एन्ड्रोइड डिभाइसको तुलनामा धेरै सुरक्षित हुन्छन् । तर यसको अर्थ आइफोन ह्याक नै हुँदैन भन्ने होइन । यद्यपि एन्ड्रोइड फोन ह्याक गर्न सहज हुन्छ ।

तपाईं हाम्रो फोन जुनसुकै बेला पनि ह्यारको निसानामा पर्न सक्दछ । यदि तपाइँको फोनमा पनि यी पाँचवटा संकेत देखिन थाले भने फोन ह्याक भएको हुनसक्छ । आखिर ती संकेत कस्ता हुन्छन् ?

फोन आफै बन्द हुने र रिस्टार्ट हुनेः यदि तपाईंको फोन लगातार आफैं बन्द हुने र पुनः आफैं रिस्टार्ट हुने गर्दछ भने त्यो ह्याकिङको संकेत हुनसक्छ । साथै फोन वा कम्प्युटरको सेटिंग्स आफैं परिवर्तन भएको पाउनुभयो भने पनि सचेत हुनुपर्दछ । यसले ह्याकरहरु तपाईंको फोन वा कम्प्युटरको प्रणालीभित्र छिरिसकेको संकेत गर्दछ ।

यस्तोमा आफ्नो फोनमा डाउनलोड फाइल चेक गर्नुहोस् वा सबैभन्दा उत्तम उपायचाहिं फोनलाई तत्कालै फम्र्याट गर्नुहोस् । बैंकिङ ट्रान्जेक्सनः फोन ह्याक भएको सबैभन्दा मुख्य संकेतचाहिं तपाईंको बैंक खाताबाट रकम भुक्तान गरिएको सन्देश एक्कासी फोनमा आउनु हो । मोबाइल बैंकिङ चलाउनेहरुको फोनमा कहिलेकाहीँ कुनै प्रडक्ट खरिद गरेको वा बैंक खाताबाट रकम भुक्तान गरेको मेसेज आउने गर्दछन् जुन आफूले गरिएकै हुँदैन । यसको अर्थ तपाईंको अनलाइन/ मोबाइल बैंकिङको विवरण तथा क्रेडिट वा डेबिट कार्डको विवरण ह्याकरको हातमा पुगिसक्यो । यदि यस्तो भएमा तुरुन्तै सम्बन्धित बैंकसँग सम्पर्क गरेर बैंक खाताबाट रकम भुक्तानी बन्द गराउनुहोस् ।

फोन अचानक स्लो हुनु स् यदि तपाईंको स्मार्टफोन अकस्मात् हदभन्दा धेरै सुस्त बन्यो भने सावधान हुनुहोस् । कहिलेकाहीँ ह्याकरहरुले बिटक्वाइनको माइनिङका लागि पनि तपाईंको फोनको सिस्टम प्रयोग गरेका हुनसक्छन् । त्यसका अलावा इन्टरनेटको स्पीड राम्रो हुँदाहुँदै पनि यदि फोनमा भिडियो सुस्त चलिरहेको छ वा अत्यधिक डाटा खपत भएको छ भनेपनि त्यो ह्याकिङको संकेत हुनसक्छ ।

एन्टी भाइरस बन्द हुनुः ह्याकरहरुले कहिलेकाहीँ फोन ह्याक गर्नका लागि एन्टी भाइरस वा सेक्योरिटी सफ्टवेयर बन्द गर्दछन् । यदि आफ्नो फोनको सेक्योरिटी सफ्टवेयरले काम गरेको छैन भन्ने लाग्यो भने तपाईंले सचेत हुनुपर्दछ । साथै तपाईंले आफ्नो ब्राउजर पनि नियमित रुपमा चेक गर्नुपर्छ । ब्राउजरमा ह्याकरहरुले तपाईंको जासूसी गर्नका लागि कुनै एक्सटेन्सन राखिदिएको पनि हुनसक्छ । कहिलेकाहीँ कतिपय एन्सटेन्सन वा सफ्टवेयर कुनै वेबसाइटको माध्यमबाट फोनका सिस्टममा आउँछन् र त्यसकै माध्यमबाट ह्याकरहरु तपाईंसम्म पुग्न सक्दछन् । यस्तो अवस्थाबाट बँच्नका लागि फोनको एपलाई लगातार अपडेट गरिरहनुहोस् ।

ब्याट्री छिट्टै रित्तिनेः यदि तपाईंको फोनको ब्याट्री अचानक छिटै रित्तिन थालेको छ भने पनि त्यो खतराको संकेत हो । ह्याकरहरुले तपाईंको फोनमा विभिन्न खालका मालवेयर हालेको हुनाले ब्याट्री खपत उच्च भएको हुनसक्छ । यस्ता मालवेयरले गर्दा फोनको सिस्टमले ब्याकग्राउण्डमा काम गरिरहेको हुन्छ र ब्याट्री तीव्र गतिमा खपत हुन्छ । यदि तपाईंको फोन नचलाएको बेलामा समेत ब्याट्री रित्तिन्छ भने तपाईं सचेत बन्नुपर्दछ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>