Breaking News

सम्झौता अनुसार क्यानले दुई महिना नपुग्दै २० प्रतिशतले बढायो क्रिकेट प्रशिक्षक देसाइको तलब

Banner

काठमाडौं, चैत ९-

नेपाल क्रिकेट संघले प्रशिक्षक मोन्टी देसाइको तलब बढाएको छ । प्रशिक्षकमा नियुक्त भएको दुई महिना नपुग्दै संघले उनको मासिक तलब २० प्रतिशत बढाएको हो ।

यसअघि मासिक १० हजार डलर पाउने सम्झौता रहेकोमा अब उनले मासिक १२ हजार डलर (करिब १६ लाख रुपैयाँ) पाउने छन् । आउँदो अप्रिल १ बाट उनको नयाँ तलबमान कार्यान्वयन हुने बुझिएको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यसअघि सम्झौता गर्दा नै नेपालले एक दिवसीय मान्यता जोगाउन सफल भएको खण्डमा तलब बढाउने समझदारी भएको जानकारी दिए ।

‘उहाँको प्रशिक्षणमा नेपालले एक दिवसीय मान्यता जोगाउनुका साथै विश्वकप क्वालिफायर्समा पनि स्थान सुरक्षित गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>