देश/प्रदेश
हिउँमा फसेका नवलपुरका सौरभ र अनिताको सकुसल उद्धार
०

गोरखा, चैत ९-
गोरखाको लार्केपासका लागि जाँदै गरेका दुई जना नेपाली हिउँमा फसेपछि उद्धार गरिएको छ।
हिउँमा फसेको जानकारी आएपछि उनीहरूलाई सामागाउँ प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज बिहान उद्धार गरिएको हो। नवलपुरका सौरभ खनाल र अनिता घलेलाई उद्धार गरेर धर्मशालासम्म ल्याइएको छ। उनीहरूको अवस्था सामान्य छ।
उनीहरू बुधबार हिउँमा फसेको जानकारी आएको थियो। लगत्तै प्रहरीहरू त्यसतर्फ गएर उद्धार गरेको उनले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>