Breaking News

देश मुठ्ठीभरका मानिसको शोषणमा छ, कसैले ऋण तिर्न सक्ने अवस्था नै छैनः पूर्वमन्त्री पाण्डे

Banner

प्रतिमा कुमाल

चितवन, चैत ८–

पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका बरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले अहिलेको गणतन्त्र निरंकुश रहेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले आज (बुधबार) आयोजना गरेको सक्रिय सदस्यता वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पूर्वमन्त्री पाण्डेले भने, ‘अहिले यदि गणतन्त्र हो भने साच्चैनै गणतन्त्र हुनुप¥यो । जनताले अहिलेले भोगेको जस्तो गणतन्त्र हो त ?’ प्रश्न गर्दै उनले भने । ‘आज यो देशमा ६० देखि ७० प्रतिशतलाई ऋण लागेको छ । किसानदेखि कसैले ऋण तिर्न सक्ने अवस्था छैन । बैँकको ब्याजदर चक्रवृत्तिरुपमा रहदा हामीले त्यसलाई चुक्ता गरेर ऋणबाट बच्न सक्ने अवस्था छैन । मुठ्ठीभरका व्यक्तिले यो देशलाई शोषण गरेर बसेको छ । यही हो त गणतन्त्र’, उनले भने ।

पाण्डेले सत्तालोलुप नभएकाले राप्रपा सरकारबाट बाहिरिएको बताएका छन् । उनले भने, ‘त्यहाँ त्यस्तो खालको दृष्यहरु आउन थाल्यो जहाँ बसेर हामीले सत्तालाई सुविधासँग साट्न चाहेनौं, सकेनौं । हाम्रो मनले मानेन हामी सरकारबाट बाहिरियौं ।’ पूर्वमन्त्री पाण्डेले अबका दिनमा पनि सत्ताबाट राष्ट्रघाती कुुराहरु हुन खोजे त्यसको मुकाबिलाको लागि तमतयार रहेको बताए ।

सत्ता र शासनको दुरुपयोगले गर्दा युवा विदेश पलायन भएको उनले बताए । उनले भने,‘लामो समयदेखि यो देशमा राज्य कसले सञ्चालन गरेको थियो भन्ने पहिला बुझ्न प¥यो । १०४ वर्षीय राणा शासन र २९ वर्षीय राजा शासनको तुलना गर्नुस् । गुगलमा खोज्नुस् । त्यो शासन हुदाको अवस्थामा के के काम भयो कति वटा कलकारखाना उद्योग सञ्चालन भए कतिवटा बाटा घाटाहरु बने हेर्नुस् । राजाको शासनमा स्वदेशमै रोजगारको अवस्था सिर्जना भएको थियो देख्न सक्नु हुन्छ । विदेशमा हाम्रो सम्मान हुथ्यो । तर अहिले आउदा खेरीमा यो देशको कलकारखानाहरु बिक्री भए । युवाहरुजति सबै विदेशमा पलायन गराए । महंगी र लुटपाटले कुनै पनि युवाहरु यो देशमा बस्न नचाहेको अवस्था छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>