चितवन विशेष

नारायणगढ रोटरीद्वारा क्यान्सर अस्पतालमा ह्विलचेयर वितरण

Banner

चितवन, चैत ८-

रोटरी क्लब अफ नारायणगढले भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पाँच थान ह्विल चेयर वितरण गरेको छ ।

क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले उक्त ह्विल चेयरहरू क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केको उपस्थितिमा अस्पतालका निर्देशक डा. देजकुमार गौतमलाई हस्तान्तरण गरेको हो ।

सेवालाई स्वार्थभन्दा माथि राख्नुपर्छ भन्ने मान्यताका साथ अगाडि बढेको रोटरी क्लब अफ नारायणगढले प्रदान गरेको उक्त सहयोगको लागि क्यान्सर सेवा समाजका संयोजक चिजकुमार मास्केले धन्यवाद दिएका छन् । त्यसैगरी अस्पतालका निर्देशक डा. गौतमले नारायणगढ रोटरी क्लबको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त ह्विल चेयरले अस्पतालका बिरामीहरूलाई उपचारको क्रममा यताउती हिँडडुल गर्न सजिलो पर्ने बताए ।
नारायणगढ रोटरी क्लबका संस्थापक अध्यक्ष रोटरियन निरञ्जन प्रधानले दीनदुःखीहरू र अप्ठ्यारोमा परेकाहरूलाई क्लबले स्थापनाकालदेखि नै धेरै ठाउँमा सहयोग गर्दै आएको जानकारी गराउँदै आगामी दिनहरूमा पनि आवश्यकता हेरी क्लबले अस्पतालका र त्यहाँ उपचारार्थ भर्ना भएका बिरामीहरूका लागि सहयोग गर्ने बताए । उक्त पाँच थान ह्विलचेयरहरू आप्mनो स्वर्गीय पिताजीनारायणबहादुर प्रधानको स्मृतिमा उनले सौजन्य गरेका हुन् ।

कार्यक्रममा क्यान्सर सेवा समाजका अन्य पदाधिकारीहरूका साथै सबैकी आँखाकी नानी छायाँ श्रेष्ठ, नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्षहरू विज्ञानलाल श्रेष्ठ, रमेश पौडेल, सुसनलाल प्रधानलगायत सदस्यहरू देवमाया श्रेष्ठ, ज्ञानुमाया श्रेष्ठ, निर्बाचित अध्यक्ष भोलानाथ लामिछाने, सहसचिव सेवन पन्त र अजिता पियाको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>