चितवन विशेष

भरतपुरको पटिहानीमा अनेरास्ववियुले बाड्यो विद्यार्थीलाई एक बोरा प्याड

Banner

चितवन, चैत ८-

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अमर जनशक्ति बहुमुखी क्याम्पस पटिहानीलाई एक बोरा प्याड उपलब्ध गराएको छ ।
आज अनेरास्ववियुका विद्यार्थी नेता प्रदिप पराजुलीले उक्त सामग्री क्याम्पस प्रमुख राम तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

क्याम्पसमा अध्ययनरत छात्राहरुको माग र आवश्यकतालाई महसुस गर्दै अनेरास्ववियुले प्याड उपलब्ध गराएको विद्यार्थी नेता पराजुलीले नारायणी अनलाइनलाई जानकारी दिए । क्याम्पसको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीसँग अनेरास्ववियु क्याम्पस कमिटीले छलफल र सुझाव संकलन कार्यक्रम गरेको थियो । उक्त छलफल कार्यक्रममा प्याडको समेत कुरा आएपछि कमिटीले नेतृत्वसँग कुरा राखिएको केही दिनमा नै सामग्री उपलब्ध भएको क्याम्पस कमिटी उपाध्यक्ष शिव गौतमले बताए ।

कार्यक्रममा क्याम्पस प्रमुख तिवारीले धन्यवाद व्यक्त गर्दै अनेरास्ववियुले विद्यार्थीहरुलाई सक्रिय, जागरुक र रचनात्मक हुन सिकाएकोमा खुसी व्यक्त गरे । उनले क्याम्पसको हरेक गतिविधिमा विद्यार्थीको भूमिका तथा सहभागिता महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा अनेरास्ववियु महानगर कमिटीका नेता प्रदिप पराजुली, अमृत अधिकारी, क्याम्पस कमिटीका नेता शिब गौतम, रविन थिङ, गोपी परियार, सिमा महतो, करुणा बयलकोटी, मनोज भुजेल, हर्क भुलुन भवेश्वर सुवेदी, सुनिता वाग्ले घिमिरेलगायत शिक्षक कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>