चितवन विशेष
ठोरीमा पाटे बाघको आतंक, एउटा पाडो र ६ बाख्रा मारेपछि गोठ नै रित्तियो
०

ठोरी, चैत ७–
पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ ।
सोमबार राति ११ बजे ठोरी–४, घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले बताए । लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।
राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको थियो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । त्यसपछि उनीहरूले हारगुहार गरेर गाउँलेलाई बोलाएका थिए ।
स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना, सशस्त्र प्रहरी , पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जंगल तर्फ धपाइएको छ ।
बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति पुगेको गुनासो लामाले गरेका छन् । बाघ फेरि गाउँ पस्न सक्ने डरले घ्याङडाँडाका स्थानीय बासीन्दा त्रसित छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>