Breaking News

रंगशालाबाटै धुर्मुसको भिडियो सन्देशः करिब २ वर्षदेखि मानसिक याताना भोगिरहेको छु

Banner

चितवन,चैत ७-

सिताराम कट्टेल धुर्मुसले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका छन्। मंगलबार धुर्मुस सुन्तली फाण्डेसनको फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै कटेलले आफू करिब २ वर्षदेखि मानसिक याताना भोगि रहेको बताएका हुन्।

उनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भएको सहयोग कहि पनि नगएको बताएका छन्। उनले भने, आज जुन उचाइमा क्रिकेट पुगेको छ। यो अवस्था हेर्दा रंगशाला आवश्यक हो कि होइन्। यहि आवश्यकतालाई हेरेर मैले यो बनाउने प्रयास गरे, के यो गर्नु गल्ति हो ? यदि यो बनेको भए। रुखमा झुन्डी झुन्डी खेल हेर्न पर्ने अवस्था आउँदैन थियो होला। मैले हाम्रो देशको गर्व होस भन्नको लागि नै यो बनाउने संकल्प लिगेको हुँ।

उनले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूहरुले नछाडेको पनि बताए। बनाउन नसकेर छाडेको तर अरु कसैलाई नदिएको उनले प्रस्ट पारे। पछिल्लो समय निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला विवादित बन्दै आइरहेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>