Breaking News

रवि लामिछोनेविरुद्ध युवराज सफल सर्वोच्च अदालत जाने

Banner

चितवन,चैत ७-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी प्रकरणमामा युवराज सफल सर्वोच्च अदालत जाने भएका छन्। राहदानी दुरुपयोग मुद्दामा महान्याधिवक्ताको कार्यालयले लामिछानेलाई उन्मुक्ति दिएको भन्दै उनले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने बताएका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने सन्दर्भमा लामिछानेलाई उन्मुक्ति दिएको आरोप पनि लगाए। ‘अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको यथेष्ट प्रमाण हुँदाहुँदै सत्ता र शक्तिको आडमा निज लामिछानेलाई सो प्रकरणबाट उन्मुक्ति दिनु घोर कानुनको उल्लंघन हो भन्ने मेरो ठम्याइ रहेको छ’, उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

लामिछानेलाई जोगाउन सरकार नै लागिपरेको भन्दै उनले आपत्ति जनाएका छन्। जिल्ला प्रहरी परिसर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँ,उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायधिवक्ताको कार्यालयका पदाधिकारी एवं कर्मचारीहरू नै लामिछानेको पक्षमा लागेका उनको ठहर छ।

उक्त मुद्दामा जोडिएका पदाधिकारी र कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सोमबार नै उजुरी दिएको उनले बताएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>