चितवन विशेष
गिरिजाबाबुको १३औं स्मृति दिवसः भरतपुर अस्पतालका सुत्केरी महिलालाई पौष्टिकयुक्त खानेकुरा वितरण
०

चितवन, चैत ७–
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति स्व.गिरिजा प्रसाद कोइरालाको १३औं स्मृति दिवसको अवसरमा भरतपुर अस्पतालमा उपचाररत सुत्केरी महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको छ ।
गिरिजा प्रसाद कोईराला फाउन्डेसन फर डेमोक्रेसी पिस एण्ड डेभलेपमेन्ट चितवनको आयोजनामा प्रसुति गृहमा रहेका ५० जना महिलाहरुलाई पौष्टिकयुक्त खानेकुरा वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले उनीहरुलाई खानेकुरा वितरण गरेका हुन् । सो अबसरमा बोल्दै उनले नेपालको राजनीतिमा युग पुरुषको रुपमा रहनु भएका कोईरालाको सिद्वान्त कांग्रेस कार्यकर्ताले पछ्याउनुपर्ने बताए ।
संस्थाका सचिव गोपाल दराईले सहजीकरण गरेको कार्यक्रम फाउन्डेसनका अध्यक्ष कमल आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























