चितवन विशेष

सेन्ट्रल कलेज चितवनमा पढ्ने विद्यार्थीलाई अब जापनिजद्धारा नै जापनिज भाषा पढाइने

Banner

चितवन,७ चैत ।

चितवनको सेन्ट्रल कलेजमा अब जापनिजद्धारा नै जापनिज भाषा पढाइने भएको छ । मुख्य कार्यालय प्रेसमार्ग शहिदचोक नारायणगढमा मे महिना २०२३ देखि जापनिजद्धारा जापनिज भाषा अध्यापन गराइने भएको हो । जापानको टोकियोबाट आउने जापानिज शिक्षक साइतो सिगेरुले विद्यार्थीलाई भाषा कक्षा पढाउनुहुनेछ । सिगेरु सन् २०१२ देखि २०१८ सम्म नियमित रुपमा सेन्ट्रल कलेजमा आएर अध्यापन गराउनुभएको थियो । तीन बर्ष कोरोनाका कारण उहाँ आउन सक्नुभएको थिएन । जापनिज शिक्षक सिगेरुले प्रत्येक्ष विद्यार्थीलाई कक्षा लिनुहुनेछ भने शिक्षकहरुलाई पनि भाषा कक्षाको थप प्रशिक्षण दिनुहुनेछ ।

सेन्ट्रल कलेजको नतिजा राम्रो आउनुमा जापनिज भाषा शिक्षकको महत्वपूर्ण भूमिका रहेको सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले नेपाल तथा जापानमा हुने कक्षा तथा टेष्टमा पनि सेन्ट्रल कलेजमा अध्ययन गरेका विद्यार्थीले उत्कृष्ट नतिजा हाँसिल गर्ने गरेको बताउनुभयो ।

जापनिज शिक्षक सिगेरुले प्रेस मार्ग नारायणगढमा नियमित रुपमा कक्षा संचालन गराउनुहुनेछ भने अन्य शाखामा गेष्ट शिक्षकको रुपमा जानुहुनेछ । उहाँसंगै जापानबाट अन्य प्रशिक्षकको टिम पनि आउने कलेजले जानकारी दिएको छ ।

‘जापान जानका लागि जापनिज भाषा महत्वपूर्ण छ । जसले जापनिज भाषा राम्रो संग अध्ययन गर्छ उसले जापानका स्कूल,कलेज,युनिभर्सिटीमा छनोट हुनुका साथै जापानमा सेवा सुविधा राम्रो भएका र कमाई हुने कम्पनीमा रोजगारको अवसर मिल्छ । जापानमा भविष्य उज्वल बनाउन जापनिज भाषा महत्वपूर्ण छ’, प्रिन्सिपल पौडेलले भन्नुभयो ।’ सेन्ट्रल कलेज भिजा लगाएर जापान पठाउने कुरामा मात्रै केन्द्रित नभई विद्यार्थीलाई भाषा तथा तालिममा दक्ष बनाएर जापान पठाउने कुरामा जोड दिने गरेको उहाँले बताउनुभयो । जापनिज शिक्षकले जापनिज भाषा, कल्चर र सिष्टम समेत सिकाउने हुँदा जापान जाने तयारीमा रहेका विद्यार्थीहरु थप लाभाम्भिवत हुने सेन्ट्रल कलेजले अपेक्षा लिएको छ ।

शैक्षिक परामर्शदाताको रुपमा स्थापित संस्था सेन्ट्रल कलेज चितवनले जापानमा पनि आफ्नो कार्यालय औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । कलेजले जापानको नागोया सहरमा आफ्नो जापान कार्यालय सञ्चालनमा ल्याएर सेवा प्रदान गर्न सुरु गरेको हो ।

यसैविच सेन्ट्रल कलेजले बिद्यार्थीका लागि आफ्नै बस सेवा सुरु गर्ने भएको छ । चितवन र नवलपुरका विभिन्न क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर कलेजले बस सेवा सुरु गर्न लागेको हो । चैत दोस्रो सातादेखि कलेजले बस सञ्चालनमा ल्याउन लागेको प्रिन्सिपल पौडेलले जानकारी दिनुभयो । पहिलो चरणमा पश्चिम चितवनको मेघौली चनौली र पूर्वी चितवनको पदमपुर,खोलेसिमलका विद्यार्थीलाई बस सेवा प्रदान गरिने उहाँले बताउनुभयो । कलेजले निकट भबिष्यमानै पश्चिम चितवनको अन्य भाग, पूर्वी चितवनको लोथरसम्म र नवलपुरको रजहरसम्ममा विद्यार्थीलाई बस सेवा प्रदान गर्ने लक्ष्य बनाएको पौडेलले बताउनुभयो ।

सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा, युके, युएसए लगायतका देशमा उच्च शिक्षा अध्ययन गर्न चाहाने विद्यार्थीलाई आइएलटिएस पिटिइका कक्षा संचालन संगै परामर्श दिने काम गरिरहेको छ । यस्तै कलेजले जापान तथा कोरियामा उच्च शिक्षा अध्ययन तथा वर्किङ भिजामा लागि जान चाहाने विद्यार्थीहरुका लागि पनि कलेजले परामर्श र भाषा कक्षा दिइरहेको छ । बर्षौदेखि उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहाने विद्यार्थीहरुको चाहाना पुरा गर्दै आइरहेको सेन्ट्रल कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । जापानसंगै अष्ट्रेलिया, क्यानडा र यूरोपका देशहरुमा पनि विद्यार्थीले धमाधम भिजा प्राप्त गरिरहेको कलेजले जनाएको छ । कलेजले पछिल्लो समय साउथ कोरियामा अध्यननका लागि जान चाहाने विद्यार्थीलाई पनि लक्षित गरेर धमाधम आइएलटिएस तथा भाषा कक्षाहरुसंचालन गरिरहेको छ ।

प्रिन्सिपल पौडेलकाअनुसार कलेजमा चितवनलगायत बुटवल, कावासोती, पोखरा, हेटौँडा, दमौली र आसपासका विद्यार्थी अध्ययनरत छन् । निकट भबिष्यमा नै कलेजले भरतपुरको लायन्सचोकमा आफ्नै भवन निर्माण गरेर विद्यार्थीलाई अध्ययन अध्यापन गराउने तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>