Breaking News

चितवन–२ सँगै बारा र तनहुँमा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

Banner

काठमाडौं, चैत ६-

निर्वाचन आयोगले बारा र तनहुँमा पनि वैशाख १० गते नै उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गरेर चितवन २ सहित बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिएको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार चैत ८ गतेबाट १२ गतेसम्म दल दर्ताको समय तोकिएको छ । त्यसैगरी चैत १६ गते अन्तिम मतदाता नामाबली प्रकाशन, २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामाबली प्रकाशन रहेको छ ।

विज्ञप्तिमा आयोगको बैठकले चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको हो । गत मंसिर ४ मा भएको चुनावमा चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, बारा २ मा तत्कालीन जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव र तनहुँ १ मा तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
नागरिकता मुद्दामा लामिछानेको पद सर्वोच्चले बदर गरिदिएको थियो । तनहुँ १ बाट निर्वाचित पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका थिए भने बारा २ बाट निर्वाचित यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>