Breaking News

संसदमा अर्यालले भनेः रविलाई चितवनका जनताले पहिलेभन्दा धेरै मतान्तरसहित विजयी बनाउने छन्

Banner

काठमाडौँ, चैत ६-

राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता डोलप्रसाद अर्यालले आफ्नो सभापति रवि लामिछानेलाई लखेट्ने काम भएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमाथि धारणा राख्दै उनले भने, ‘हाम्रा सभापति रविलाई भएभरको शक्ति लगाएर खेदियो । तर उहाँलाई चितवनका जनताले अघिल्लो पटकको भन्दा धेरै मतान्तरसहित फेरि विजयी बनाउने छन् ।’ विषम परिस्थितिमा संसद्को रोष्टमबाटै साथ दिएको भन्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने धन्यवाद दिए ।

अर्यालले गुण र दोषका आधारमा समर्थन र विरोध रहने गरी प्रचण्ड नेतृत्वको सरकारलाई पुनः विश्वासको मत दिने बताए । ‘सरकारबाट बाहिरिए पनि हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छैनौँ,’ उनले भने, ‘हामीले बनाएको न्यूनतम साझा कार्यक्रममा हाम्रा मात्र होइन जनताका विषय छ । त्यसको सम्बोधन हुने विश्वासका साथ सरकारलाई विश्वासको मत दिँदैछौं ।’

उनले आफूहरू कर्मयोगी भएको भन्दै काम गर्ने अवसर मात्र चाहिएको बताए । यस्तै उनले संसदमा गरिएको प्रश्नका एक एक जवाफ दिनुपर्ने वातावरण बनाउनुपर्ने अर्यालको भनाइ छ । ‘सरकारलाई आम जनताप्रति उत्तरदायी बनाउनुपर्छ । सदनका बहस र क्रियाकलापहरू जनताले आशा र भरोसा हेर्न लायक बनाउपर्ने उनले बताए ।

विदेशमा बसेका नागरिकको सुझाव लिने गरी डिजिटल डेमोक्रिशीतर्फको भविष्य तय गर्नुपर्ने उनको भनाइ छ । संसद सचिवालयले संसद्को काम कारबाहीमा जनतालाई जोड्ने कुरामा ध्यान दिनुपर्ने उनले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>