चितवन विशेष

चितवनको शहिद स्मृति क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका सापकोटा निर्वाचित

Banner

चितवन,चैत ६-

रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट अनेरास्ववियुका नेता राजेन्द्र सापकोटा निर्वाचित भएका छन । सो क्याम्पसमा अखिल सयुक्तको प्यानलै निर्वाचित भएको हो ।

नेपाल विद्यार्थी संघका मनिष सुबेदीलाई १३० मतान्तरले पराजित गर्दै सापकोटा स्ववियु सभापतिमा निर्वाचित भएका हुन । कुल खसेको ७८१ मत मध्ये सापकोटाले ४५१ र सुवेदीले ३२१ मत प्राप्त गरेका थिए ।

सचिव पदमा अखिल संयुक्त प्यानलकी मोनिका सिलवाल निर्वाचित भएकी छन् । उनले ४३६ मत प्राप्त गरिन । कोषाध्यक्षमा पानस तामाङ ४१९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

सदस्हरुमा अनिता भण्डारी ४४३, चिरञ्जीवी ढुङ्गाना ४५१, नितिन बस्नेत ४३९, विमला अधिकारी ४०१, विष्णु प्रसाद बगाले ४११, सबिना श्रेष्ठ ३८१ र सुरक्षा गुरुङले ३८३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>