चितवन विशेष

आफूलाई मदिरा कम्पनीले अपमान गरेको होटल व्यवसायी संघ चितवनको आरोप

Banner

चितवन, चैत ५-

होटल व्यवसायी संघ चितवनले आफूलाई वाइन उत्पादक कम्पनीले अपमान र अपहेलित गरेको आरोप लगाएको छ ।

संघले आज एक विज्ञप्ति जारी गर्दै कार्यक्रममा अतिथिको रुपमा निमन्त्रणा गरी आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको हो ।

यही चैत ३ गते साँझ संकटा वाइन एण्ड वेभरेज इन्डष्ट्रिज प्रालिले उत्पादन गरेको क्यानभास वाइनको प्रवद्र्धनको लागि नारायणगढको कमलनगर स्थित पर्व व्याङ्क्युटमा आयोजना गरिएको कार्यक्रममा आयोजकले होटल व्यवसायीलाई अपमान र अपहेलित गरेको संघका महासचिव सुरेन्द्र केसीद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रममा होटल व्यवसायी संघ चितवनलाई अतिथिको रुपमा आमन्त्रण गरिए बमोजिम संघका पदाधिकारी तथा सदस्यहरु कार्यक्रममा सहभागी भएका थिए ।

आयोजकले होटल व्यवसायीहरुलाई अपमान गरेपछि संघको नेतृत्वमा होटल व्यवसायीले कार्यक्रम बहिस्कार गरी बाहिरिएको विज्ञप्तिमा जनाइएको छ । कम्पनीद्वारा उत्पादित कुनै ब्राण्डको प्रवद्र्धन गर्दै गर्दा सम्बन्धित सरोकारवाला संस्थाको गरिमालाई नै भुलेर गरिने यस्ता खालका व्यवहारप्रति संघको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>