Breaking News

राप्रपाका प्रवक्ता श्रेष्ठले भनेः बिचलित भएका प्रचण्डलाई फेरि विश्वासको मत दिँदैनौं

Banner

काठमाडौँ, चैत ५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने बताएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिइने बताए । राप्रपाबाट प्रतिनिधि सभामा १४ जना सांसद छन् ।

यसअघि गत पुस २६ मा राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । ‘हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपरेको हो,’ प्रवक्ता श्रेष्ठले भने, ‘जुन उद्देश्यका लागि हामीले गत पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन ग¥यौं, त्यो राजनीतिक उद्देश्यबाट प्रचण्ड बिचलित हुनुभएपछि हामीले समर्थन फिर्ता लिएको हो ।’

सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट मन्त्री फिर्ता बोलाउने राप्रपाले गत फागुन १३ गते निर्णय गरेको थियो। ‘प्रधानमन्त्री प्रचण्डलाई राप्रपाले फेरि विश्वासको मत दिँदैन,’ उनले भने । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राप्रपाका सांसद प्रतिपक्षी लहरमा बसेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>