Breaking News

प्रधानमन्त्री प्रचण्डले भने: भोलि १०० प्रतिशत सांसदहरूको विश्वासको मत पाउने आशा छ

Banner

काठमाडौँ, चैत ५-

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि आफूले १०० प्रतिशत सांसदहरुको विश्वासको मत पाउने दाबी गरेका हुन् ।

आज आइतबारको प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग प्रचण्डले सोमबार (भोलि) सय प्रतिशत सांसदहरूको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए।

उनले भने, ‘मैले त आशाको कुरा गर्दा त पहिला विश्वासको मत लिँदा ९९.२५ थियो । भोलि सय नै हुन्छ भन्ने आशा छ ।’ प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।

उनलाई हालसम्म नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी र लोसपाले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् । उनले यो कार्याकालमा पहिलो पटक पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए । राष्ट्रपति निर्वाचनको अवसरमा एमालेसँगको सहमति तोडिएपछि एमाले सरकारबाट बाहिरिएसँगै सरकारले फेरि दोस्रो पटक विश्वासको मत लिन लागेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>