Breaking News

विजेतालाई पुरस्कार घोषणा गरेर मात्रै हुँदैन थन्किएर बसेको चितवनको क्रिकेट स्टेडियम अब सरकारले बनाउनु पर्छः सांसद पन्त

Banner

चितवन, चैत ५-

धुमुस सुन्तलीले बनाउन थालेर पूरा गर्न नसकेको चितवनको क्रिकेट स्टेडियम बनाउन सरकारलाई नेकपा एमालेका सांसद रघुजी पन्तले आग्रह गरेका छन् ।

‘सरकारले विजेता टोलीलाई एक दुई लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्र काम चल्दैन,’ उनले भने, ‘त्यो चितवनको स्टेडियम त्यत्तिकै थन्किएर बसेको छ वेवारिसे भएर, त्यसलाई सरकारले तुरुन्त लिनु प¥यो र निर्माण सम्पन्न गर्नु पर्‍यो ।’

पन्तले त्रिभुवन विश्वविद्यालयसँग समझदारी गरेर कीर्तिपुरको क्रिकेट स्टेडियमलाई विस्तार गर्न र मुलपानीको क्रिकेट स्टेडियम बनाउन पनि माग गरे ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>