चितवन विशेष

गौरीगञ्ज माविको विद्यालय व्यवस्थान समिति गठनमा विवाद, एमालेले जनायो असहमति

Banner

चितवन, चैत ४–

भरतपुरमा रहेको श्री माध्यमिक विद्यालय गौरीगञ्जको विद्यालय व्यवस्थापन गठननमा विवाद सिर्जना भएको छ । नेकपा (एमाले) वडा समितिले कांग्रेस र माओवादी (केन्द्र)ले मिलेर बनाएको विद्यालय व्यवस्थापन समिति नमान्ने चेतावनी दिएको छ ।

नेकपा (एमाले) भरतपुर–८ का वडा अध्यक्ष तिलक दर्लामी मगरले एक विज्ञप्ती जारी गर्दै एमालेलाई एक्लाएर बनाईएको समिति कुनै पनि हालतमा नमान्ने चेतावनी दिएका छन् । विगतमा भएका सहमति विपरीत विद्यालय व्यवस्थापन समिति गठन गरिएकोले आपत्ति जनाईएको अध्यक्ष मगरले बताए ।

विज्ञप्तीमा भनिएको छ–‘गौरीगञ्जको विद्यालय व्यवस्थापन समिति गठन गर्ने क्रममा वडा नं.८ र ९ मा रहेका सामाजिक तथा शैक्षिक संस्थाहरु श्री वनदेवी बरण्डाभार मध्यवर्ती सामुदायिक वन, शरदपुर मावि, श्री मावि गौरीगञ्जमा प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सबै पार्टीको एक–एक वटा संस्थामा नेतृत्व हुनेगरि चक्रिय प्रणाली अनुसार सहमति र सहकार्यका साथ मिलेर काम गर्दै आएको विगतदेखिको परम्परालाई तोड्दै एमालेलाई एक्लाउने र निषेधको राजनीति गर्ने दम्भको नीति अवलम्बन गर्ने गरि रोलक्रम अनुसार एमालेको पालो रहेको र संस्थापक एवं प्रमुख संरक्षकको परिवारबाट पार्टीले सिफारिस गरेको व्यक्तिलाई मनोनयन नगरि अन्याय र अपमान गरेको ठहर पार्टीले गरेको छ ।’

एमालेले यस विद्यालयको कुनै पनि समिति तथा उपसमितिहरुमा पार्टीको सहभागिता नरहने र बनेको नयाँ समितिलाई वैद्य नमान्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>