क्रिकेट

क्रिकेटर प्रतिक श्रेष्ठ बने ‘प्लेयर अफ दि इयर’ चितवन

०
Banner

चितवन, चैत ४–

चितवन जिल्ला क्रिकेट संघ (क्याक) चितवनले युवा व्याटर प्रतिक श्रेष्ठलाई प्लेयर अफ दि इयरको अवार्ड प्रदान गरेको छ । चितवन जिल्लाबाट क्रिकेट खेल्ने खेलाडीहरु मध्ये उत्कृष्ट खेलाडी ठहरिदै श्रेष्ठ प्लेयर अफ दि इयर चितवन बनेका हुन् ।

श्रेष्ठलाई पुरस्कार बापत चितवन जिल्ला क्रिकेट संघले ५० हजार माथि मूल्यको क्रिकेट खेल सामग्री प्रदान गरेको छ । पुरस्कारका लागि चितवनका पूर्व खेलाडी मेघनाथ उपाध्यायले सहयोग गरेका छन् । वि.सं.२०७९ साल भित्रमा प्रतिकले उत्कृष्ट खेल प्रदर्शन गरेकाले उनलाई उक्त पुरस्कार प्रदान गरिएको चितवन क्रिकेट संघका कार्यवाहक अध्यक्ष सुदिप पियाले जानकारी दिए ।

प्रतिकले चितवनको टोलीबाट खेल्दा होस् या बागमती प्रदेशबाट खेल्दा उत्कृष्ट प्रदर्शन गदै आइरहेका छन् ।

जिल्लाबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई संघले हौसला प्रदान गर्दै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>