Breaking News
अटोमा लैजादैँ गरेको २६ किलो गाँजासहित चितवनका तीन जना पक्राउ
०

चितवन, चैत २–
प्रहरीले पर्साबाट लागुऔषध गाँजासहित चितवनका तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चितवन राप्ती नगरपालिका–१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो । त्यसैगरी उनीहरुसँगै वीरगञ्ज महानगरपालिका–३२ बस्ने रामतुल्लहा मिया पनि पक्राउ परेका छन् । उनी अटो चालक हुन् ।
उनीहरुलाई आज बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनीहरु जीतपुरबाट मनवातर्फ जाँदै गरेको ना २ ह ३०८ नम्बरको अटोमा सवार थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























