चितवन विशेष

भरतपुरको सप्तगण्डकी क्याम्पसमा तोकिएको समयमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुको माग

Banner

चितवन, चैत २-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले चैत ५ मा नै निर्वाचन गर्न माग गरेको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष महेश सापकोटाद्वारा प्रेषित विज्ञप्तिमा सो माग गरिएको हो । अनेरास्ववियुले सो मागसहितको ज्ञापनपत्र क्याम्पस प्रमुख मणिराज महतोलाई बुझाएको छ ।

विज्ञप्तिमा निर्वाचन प्रक्रिया जारी रहेका बेला हिजोे सत्ता गठबन्धन दल निकट र विप्लव माओवादीको विद्यार्थी संगठनका नेताहरुले क्याम्पसमा तोडफोड गरेपछि विद्यार्थीमा चुनाव हुने नहुने अन्योल भएको भन्दै तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने जनाइएको छ ।
त्यसैगरी अनेरास्ववियुले कक्षा ११\१२ का विद्यार्थीहरुलाई स्वतन्त्र विद्यार्थीमा समावेश गराउने वा नगराउने विषयले समस्या खडा गरेको भन्दै उनीहरुलाई समावेश गर्ने गरी छुट्टै विद्यार्थी काउन्सिल स्थापना गर्न पनि माग गरेको छ । विज्ञप्तिमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई छुट्टै विद्यार्थी काउन्सिल स्थापना गर्ने प्रक्रिया अगाडि बढाइ स्नातक र स्नातकोत्तर तहका विद्यार्थीहरुका लागि तोकिएको समयमा स्ववियु निर्वाचन गर्न अनेरास्ववियुले माग गरेको छ ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>