स्वास्थ्य

अध्ययन भन्छ-ट्वाइलेटभन्दा ४० हजार गुणा फोहोर हुन्छ पानी पिउने बोतल !

Banner

भाइरस तथा ब्याक्टेरियाहरु हरेक ठाउँमा हुन्छन् । मोबाइल होस् कि टेलिभिजनको रिमोट अनि ल्यापटप नै किन नहोस् सबै चिजहरु यस्ता सुक्ष्म जिवाणुले भरिएका हुन्छन् ।

हाम्रो घरमा सबैभन्दा धेरै ब्याक्टेरिया कहाँ हुन्छन् होला रु सबैको अनुमान हुन्छ, ट्वाइलेट सिटमा । तर होइन । ट्वाइलेट सिटभन्दा ४० हजार गुणा धेरै ब्याक्टेरिया तपाईं हामीले पानी पिउन प्रयोग गर्ने बोतलमा हुन्छन् । अर्थात् तपाईं हामीले सधै पानी पिउनका लागि प्रयोग गर्ने प्लास्टिक वा धातुको बोतल सबैभन्दा धेरै फोहोर अर्थात् ब्याक्टेरिया बस्ने ठाउँ हो ।

पुनः प्रयोग गरिने पानीको बोतलमा सबैभन्दा धेरै ब्याक्टेरिया पाइने तथ्य पछिल्लो अध्ययनले खुलासा गरेको छ ।

पानीको ट्रिटमेन्ट तथा शुद्धतामा काम गर्ने अमेरिकी कम्पनी वाटर फिल्टर गुरुले आम रुपमा घरहरुमा प्रयोग गरिने विभिन्न सामानहरुबीच त्यसमा पाइने ब्याक्टेरियाको तुलना गरेको थियो ।

अध्ययन अनुसार पटक पटक पानी भरेर पिउने गरिएको बोतल भलै सफा देखिन्छ र त्यसका प्लास्टिकलाई कम्पनीहरुले हानिरहित दाबी गर्दछन् । तर वास्तवमा त्यसभित्र भरिएको पानी पिउनका लागि सुरक्षित नहुन सक्दछ । किनकी उक्त बोतलको मुखमा ट्वाइलेट सिटमा भन्दा ४० हजार धेरै जिवाणुहरु रहने गर्दछन् ।

अर्को डरलाग्दो कुरा त हामीले हामी पिउन प्रयोग गर्ने बोतलको मुखमा पाइने जिवाणुको संख्या कुकुर तथा बिरालोले पानी पिउने भाँडोमा भन्दा १४ गुणा धेरै हुन्छ । अर्थात् कुकुर बिरालोले पानी पिउने भाँडो नै हामीले पानी पिउने बोतलभन्दा कैयन् गुणा सफा हुन्छ ।

अध्ययनका क्रममा शोधकर्ताहरुले पानी पिउने बोतलको विभिन्न भागको जाँच गरे । त्यसमा बोतलको ढक्कन, माथिल्लो भाग, मुख, बोतलको पिँधलगायतको जाँच गरिएको थियो । त्यस क्रममा बोतलमा बेसिलियस र ग्राम नेगेटिभ गरी दुई प्रकारका ब्याक्टेरिया सबैभन्दा धेरै मात्रामा पाइएको छ ।

बेसिलियस ब्याक्टेरिया खासगरी आउँ, झाडापखालालगायतका पेटजन्य रोगका कारक हुन् । त्यस्तै ग्राम नेगेटिभ ब्याक्टेरिया झनै खतरनाक ब्याक्टेरिया मानिन्छ । जसमा एन्टिबायोटिक औषधिको पनि कुनै असर पर्दैन ।

चिकित्सा विज्ञानमा जिवाणुहरुको एन्टीबायोटिक प्रतिरोधी क्षमतालाई निकै चुनौतीपूर्ण मानिएको छ । यसले बिरामीमा रोग नै निको नहुने समस्या पैदा हुन्छ ।

विज्ञका अनुसार लामो समयसम्म पानी भर्दै पिउँदै गरी पुनः प्रयोग गर्नसक्ने बोतलमा हामीले मुख जोडेर पानी पिउने हुनाले त्यो ब्याक्टेरियाका लागि प्रजननको कारक बन्दछ । अर्थात् बिर्को वा स्ट्र भएका बोतलहरु ब्याक्टेरियाका घर नै हुन् । त्यसैले त्यसको साटो मुख नजोडिकन बोतल थिचेर पानी पिउने खालका बोतलहरु भने तुलनात्मक रुपमा सुरक्षित हुने बताइन्छ ।

कतिपय वैज्ञानिकहरुले भने पानीको बोतलको मुखमा पाइने अधिकांश ब्याक्टेरिया मानिसकै मुखबाट आउने भएकाले ती हाम्रा लागि हानिकारक नहुने दाबी गर्दछन् ।

यद्यपि पानीका बोतलहरुका विषयमा यसअघि पनि विभिन्न अध्ययन भइसकेका छन् । जस अनुसार प्लास्टिकको बोतलमा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ र त्यसले मानिसको शरीरमा हर्मोनजन्य परिवर्तन ल्याउँदछ ।

प्लास्टिकका भाँडाकुँडामा खानपिन गर्नाले बालिकाहरुमा समय अगावै रजश्वला सुरु हुने तथा पुरुषमा शुक्रकिटको संख्यामा गिरावट आउने देखिएको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>