चितवन विशेष

कार्यकक्षमै महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने डीनलाई कारबाही गर्छौंः उपकुलपति रेग्मी

Banner

चितवन,चैत १-

जुम बैठक चलिरहँदा महिला कर्मचारीसँग अश्लील हर्कत गर्ने चितवन रामपुरको कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्तमाथि कारबाही हुने उपकुलपति पुण्यप्रसाद रेग्मीले बताएका छन् । दत्तले अश्लील हर्कत गरेको भिडिओ सार्वजनिक भएपछि घटनाबारे विश्वविद्यालयका उपकुलपति रेग्मीलाई बुझ्न खोज्दा सम्पर्क भएको थिएन । समाचार सम्प्रेषणपछि रेग्मीसँग सम्पर्क हुँदा डीनमाथि कारबाही हुने जानकारी दिए ।

रेग्मीले भने, ‘बिहीबार (भोलि) बैठक बोलाएर अमर्यादित हर्कत गर्ने डीन दत्तमाथि कारबाही गर्ने निर्णय गर्छु’ । मंगलबार भएको जुम बैठकमा सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा डीन कार्यालयको कार्यकक्षमा आफ्नै कुर्सीमा बसेर महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएको थियो । सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>