Breaking News

नारायणघाट-मुग्लिन सडकका २६ घरटहराको क्षतिपूर्ति दिई हटाउन सरकारले दियो स्वीकृति

Banner

चितवन,चैत १-

सरकारले नारायणघाट-मुग्लिन सडकमा पुल निर्माण गर्न सडकको रेखांकनभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृत प्रदान गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। यस्तै सरकारले नागढुंगा–नौबिसे–मुग्लिन सडक विस्तारका लागि सडक सीमाभित्रका एक सय २१ घरधनिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गरेको उनले बताइन् ।

सरकारले दुई महानगरपालिकाका मेयरको विदेश भ्रमण पनि स्वीकृत गरेको छ। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र काठमाडौँ महानगरका प्रमुख बालेन शाहको विदेश भ्रमण स्वीकृत गरेको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरिएको हो। उनि जापान पुगेर फर्किसकेकी छन् । मेयर शाह फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको ‘हेल्दी सिटी समिट’ विषय कार्यक्रममा सहभागी हुन जाँदैछन्।

त्यस्तै सरकारले स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब १४ अर्ब ३१ करोड अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री शर्माले जानकारी दिइन्।

बैठकले यही चैत ८ देखि १० सम्म न्यूयोर्कमा आयोजना हुने उच्चस्तरीय वाटर कन्फरेन्स, २०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति दिएको छ । नेपाल र श्रीलङ्का सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>