अपराध

चितवनमा फरार प्रतिवादी २३७ जना नियन्त्रणमा

Banner

चितवन, चैत १

चितवन प्रहरीले फागुन महिनासम्ममा फरार प्रतिवादी २३७ जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी टोलीले अदालतको विभिन्न मितिहरुको फैसलाले कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरु २३७ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार यस आर्थिक वर्ष २०७९\०८० को फागुन महिनासम्म २३७ जना फरार प्रतिवादीहरु लाई नियन्त्रणमा लिइएको छ । निजहरुबाट ४३ वर्ष ४ महिना २६ दिन कैद र ९२ लाख ८६ हजार २३९ रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>