Breaking News

डा. स्वर्णिम भन्छन्ः चितवन २ मा उमेदवार आकांक्षी छैन

Banner

चितवन,चैत १-

अर्थविद् डा.स्वर्णिम वाग्लेले चितवन–२ को उपचुुनावमा आफू आकांक्षी नरहेको बताएका छन् । डा. वाग्लेले संचारकर्मीसंगको कुराकानीमा चितवन–२को उपचुनाव लड्ने तयारीमा आफू नरहेको बताए । तीन क्षेत्रमा टिकट माग्दा कांग्रेसले टिकट नदिएको भन्दै अहिले उपचुनावमा भने टिकट दिँदा पनि आफू लड्ने तयारीमा नरहेको बताए ।

“हिजो मैले चितवन–१, गोरखा–१ र काठमाडौं–५ मध्ये जहाँ टिकट पाए पनि चुनाव लड्छु र जितेर देखाउँछु भनेको थिएँ । तर, कांग्रेसले मलाई टिकट दिएन,” डा.वाग्लेले भने, “अहिले म चुनावको तयारीमा छैन । र, उपचुनावका लागि म आकांक्षी होइन ।” चुनावका लागि मानसिक रुपमा तयार हुनुपर्ने र त्यसका लागि आफ्नो रोजाइका क्षेत्र पनि हुनुपर्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>