चितवन विशेष

स्ववियु निर्वाचनः वीरेन्द्र क्याम्पसमा राप्रपाको विद्यार्थी संगठनले गरायो उम्मेदवारी दर्ता

Banner

चितवन, फागुन ३०–

भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविस)ले उम्मेदवारी दर्ता गराएको छ ।

मंगलबार राप्रविसको तर्फबाट सभापतिमा पुरन अधिकारी, सचिवमा प्रज्वल कंडेल, कोषाध्यक्षमा सूचना जिसी, सदस्यहरुमा निवन सापकोटा, सोनिशा भुषाल, अस्मी गुरुङ, निशु पाण्डे र प्रथम क्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन् । स्ववियु निर्वाचन नजिकिदै गर्दा राप्रविसले धमाधम सबैजसो कलेजहरुमा उम्मेदवारी दर्ता गराइरहेको राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले जानकारी दिए ।

उनले चितवनका सबै कलेजहरुमा राप्रविसले स्वच्छ र निश्पक्ष रुपमा प्रतिस्पर्धामा उत्रिने जानकारी दिए । स्ववियु निर्वाचन यही चैत ५ गते देशभर एकसाथ हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>