Breaking News

ऋण मिनाहा नभए बैंकहरु कब्जा गर्ने दुर्गा प्रसाईंको चेतावनी

Banner

काठमाडौं,फागुन ३०-

काठमाडौँको माइतीघर मण्डलामा लघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन्। उनीहरुले लघुवित्तले लगाएको ऋण सामूहिक रुपमा मिनाहा गरिनुपर्ने माग राखेका छन्। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरु कब्जा गर्ने चेतावनी दिए। प्रसाईंले सरकारले बैंकहरु कब्जा नगरे आफूहरुले कब्जा गर्ने चेतावनी दिएका हुन्।

उनले मकवानपुरको हेटौंडाबाट बैंक कब्जा गर्ने अभियान सुरु भइसकेको दाबीसमेत गरे। उनले भने, ‘हामीले बैंक कब्जा गर्नुपर्छ। कि सरकारले कब्जा गर्नुपर्छ नभए हामी कब्जा गर्छौँ। यसको सुरुवात हेटौंडाबाट भइसकेको छ। त्यहाँ व्यवसायीले बैंकमा ताला लगाइसक्नुभएको छ।’ उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण मिनाहा हुनुपर्ने पनि माग गरे। उनले भने,’तपाईंहरुको ऋण मिनाह हुनुपर्छ। अब लघुवित्तका कर्मचारी आए समाएर राख्नुस्।’ अब पुराना सबै नेताहरु फाल्नुपर्ने र युवाहरु आउनुपर्ने पनि बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>