Breaking News
अबको अन्तिम खेलमा मैले राम्रो गरे हामी सिधैं क्वालिफाई हुन्छौं र मैले कोशेढुंगा पनि पार गर्छुः सन्दीप
०

काठमाडौँ, फागुन २९-
नेपालले अब बिहीबार आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेल यूएईसँग खेल्नेछ । यो खेल जितेमा नेपाल सिधै विश्वकप छनोटमा पुग्ने छ । हाल आईसीसी क्रिकेट विश्वकप लिग खेलेका क्रिकेटर सन्दीप लामिछानेले अब राम्रो खेले आफूहरु सिधैं क्वालिफाईमा पुग्ने बताएका छन् ।
आजको खेलपछि सन्दीपले भने, ‘अब लिग टूको अन्तिम खेल खेल्दैछौं । यदि मैले राम्रो गरे भने हामी सिधैं क्वालिफाई हुन्छौं र मैले पनि त्यो कोशेढुंगा पनि पार गर्नेछु ।’ त्यस्तै ‘शून्यबाट सुरु गरेको थिएँ । त्यो कोशेढुंगा पार गर्न आफ्नो तर्फबाट हुने सक्ने प्रयास म गर्नेछु जुन म र मेरो परिवारका साथै देशकै लागि गौरवको कुरा हुुनेछ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























