चितवन विशेष
एक्सपर्ट क्वीज च्याम्पियनः १० टिम दोस्रो चरणमा प्रवेश

चितवन, फागुन १४–
चितवनकै सर्वाधिक धनराशीको एक्सपर्ट क्वीज च्याम्पियन–२०२३ मा हालसम्म १० वटा विद्यालय तथा कलेज दोस्रो चरणमा प्रवेश गरेका छन् ।
फागुन २७ गतेसम्म प्रशारित १० वटा इपिसोडबाट १० टिम दोस्रो चरणमा प्रवेश गरेका हुन् । पछिल्लो बिहीबार, शुक्रबार र शनिबार प्रशारित इपिसोडबाट श्रीराम वैदिक सँस्कृत गुरुकुलम रत्ननगर, आदिकवी भानुभक्त माध्यमिक विद्यालय नारायणगढ र बालकुमारी कलेज नारायणगढ दोस्रो चरणमा प्रवेश गरेका हुन् । यसअघि अंकुरम एकेडेमी, वाल्मीकि कलेज भरतपुर, नारायणी पब्लिक कलेज भरतपुर, अरोमा कलेज भरतपुर, बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढ, शरदपुर माध्यमिक विद्यालय र बछौली माध्यमिक विद्यालय दोस्रो चरणमा प्रवेश गरि सकेका छन् ।
यस प्रतियोगितामा पहिलो चरणबाट १६ कलेज तथा माध्यमिक विद्यालय दोस्रो चरणमा प्रवेश गर्नेछन् । त्यस पश्चात १६ माध्यमिक विद्यालय तथा कलेजबाट ४ वटा टिम फाइनलमा प्रवेश गर्नेछ ।
यस प्रतियोगिता हरेक साताको बिहीबार, शुक्रबार र शनिबार तीन दिन टिभी कालिका एचडी र नारायणी टिभी युट्युव च्यानलमा साँझ ७ः३० बजे एकसाथ प्रशारण हुँदैछ । नारायणी एडभटाईजिङ एण्ड इभेन्ट्स प्रा.लि.को आयोजना र एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनको प्रस्तुतीमा क्वीज संचालन गरिएको हो । क्वीजमा चितवनका कुल ४८ वटा माध्यमिक विद्यालय तथा कलेजहरुको सहभागिता रहेको छ । यस क्वीज कार्यक्रम करिव दुई महिनासम्म चल्नेछ ।
चितवनकै सर्वाधिक धनराशीको यस प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै द्धितीय हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने तृतीय हुनेले नगद २० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागि सबै विद्यार्थीहरुलाई आकर्षक उपहार प्रदान गरिने छ भने सहभागि विद्यालयलाई पनि विशेष मायाको चिनो प्रदान गरिने छ ।
यस क्वीजलाई अष्ट्रेलिया, क्यानडा, युके र अमेरिकामा उच्च शिक्षाका लागि नेपाली विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनले प्रस्तुत गरेको छ भने अष्ट्रेलियामा रहेको ब्राइटन कलेज र अष्ट्रेलियन स्कुल अफ एकाउण्टिङ (एएसए)ले सहकार्य गरेको छ । पावर्ड बाइमा युनाइटेड टेक्निकल कलेज भरतपुर रहेको छ ।
यस्तै सहयोगी संस्थाहरुमा हिसान चितवन, वैष्णव, सगरमाथा टेलरिङ सटिङ एण्ड सुटिङ लायन्स चोक नारायणगढ, नेपो फर्निचर, हस्पिटालिटी पार्टनरमा होटेल सिराइँचुली, होटल ह्याप्पी होम कमलनगर नारायणगढ, साउण्ड पार्टनरमा एक्सीस साउण्ड सिस्टम एण्ड होम भरतपुर रहेको छ । मिडिया पार्टनमा नारायणी अनलाइन, कालिका एफएम, सञ्चारपत्र दैनिक, सेतो नेपाल डटकम, ब्रोडकास्टिङ पार्टनमा टिभी कालिका एचडी र नारायणी टिभी रहेको छ ।


























