Breaking News
भरतपुरको उमाबडी कलेजमा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोजको तयारी
०

चितवन, फागुन २९–
भरतपुर महानगरपालिका–२६ दिब्यनगरस्थित उमाबडी आदर्श शेरचन कलेजमा बमजस्तो देखिने शंकास्पद बस्तु फेला परेको छ ।
कलेजको गेट नजिकै ब्याट्री जस्तो देखिने बस्तु रातो झोलामा राखि निलो र रातो तार रहेको अवस्थामा शंकास्पद बस्तु रहेको भन्ने जानकारी प्राप्त भएपछि सेनालाई जानकारी गराइएको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
उक्त बस्तुको सेनाले डिस्पोज गर्ने तयारी गरेको छ । आज बिहान कलेज पुगेका बिद्यार्थी प्राध्यापकहरुले संकास्पदवस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
स्ववियु निर्वाचनका क्रममा कलेजमा हिजोदेखि एमाले निकट अनेरास्ववियु र लोसपा निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























