चितवन विशेष

भरतपुर कारागारका ५२ जना महिला बन्दीलाई सहयोग

Banner

चितवन, फागुन २५–

स्पाउज क्लब अफ नारायणगढ रोटरी क्लबले भरतपुर कारागारका ५२ जना महिलाबन्दीलाई सहयोग गरेको छ ।

१३ औं नारी दिवसकोअवसरमा बुधबार क्लबले भरतपुर कारागारमा रहेका महिलाबन्दीका लागि आवश्यक प्याड, कपडा र खाद्यान्नहरू वितरण गरेको हो ।

क्लबका अध्यक्ष सम्झना प्रधानले कारागार प्रमुख कमलप्रसाद आचार्यको उक्त सामानहरू वितरण गरेको कार्यक्रमका संयोजक निलिमा प्रधानले बताइन् । सचिव ईन्दु श्रेष्ठले सञ्चालन गरेको उक्त कार्यक्रममा नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठ, स्पाउज क्लबका पूर्वअध्यक्ष नीरा श्रेष्ठ, सदस्यहरू दुर्गा श्रेष्ठ, अन्जुप्रधान, सुरक्षा श्रेष्ठ र प्रविणाश्रेष्ठको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>