देश/प्रदेश

प्रधानमन्त्री प्रचण्डले भनेः म अब पेट्रोलको होइन हाइड्रोजन गाडी चढ्छु

Banner

काठमाडौं, फागुन २३-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् ।

आज सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको काठमाडौंबाट उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजन गाडी चढ्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल भइरहेको र छिटै चढ्ने तयारी भइरहेको बताए ।

आफू प्रधानमन्त्री हुँदै गर्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डिजेल र पेट्रोल गाडी नभई हाइड्रोजन गाडी चढ्न सुझाव दिएको पनि उनले खुलाए । ‘म प्रधानमन्त्री बन्दै गर्दा विद्युत् प्राधिकरणका एमडी कुलमानजीले भन्नुभयो, तपाईले प्रधानमन्त्रीको रुपमा डिजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्नुप¥यो भन्नुभयो । मैले प्रधानमन्त्री कार्यालयमा छलफल गरेको छु, म हाइड्रोजन गाडी चढ्ने तयारीमा छु’ उनले भने ।

विकसित देशमा विस्तारै हाइड्रोजन ऊर्जाको मात्रा गुणात्मक रुपमा बढिरहेको भन्दै प्रचण्डले नेपालमा झन् हाइड्रोजन ऊर्जाको प्रचुर सम्भावना रहेको बताए । ‘हामी ग्रिन इनर्जीको प्रचुर सम्भावना भएको देश हो भने यो इनर्जीलाई हाइड्रोजनमा र हाइड्रोजनबाट तमाम उद्योग व्यवसायलाई हामी किन अगाडि नबढाउने ?’ उनले प्रश्न गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>