Breaking News
द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता,शुक्रबारलाई तोकियो पेसी

काठमाडौं,फागुन २३-
१० वर्ष लामो द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्धको रिट मंगलबार सर्वोच्च अदालतमा दर्ता भएको छ। सर्वोच्च अदालत प्रशासनले प्रचण्डविरुद्धको रिटलाई दर्ता गरेको हो। रिट दर्ता भएपछि सर्वोच्च अदालतले शुक्रबार८८लाई पेसीसमेत तोकिदिएको छ।
उक्त रिटलाई लिएर मंगलबार बिहान तत्कालीन १० वर्षे सशस्त्र संघर्षमा होमिएका माओवादी नेताहरुको बैठकलगत्तै सर्वोच्चमा दर्ता गरिएको हो।
प्रचण्डले तीन वर्षअघि दिएको अभिव्यक्तिविरुद्धको रिट सर्वोच्चमा दर्ता
पेसी तोकिएसँगै द्वन्द्वकालीन मुद्दालाई लिएर सर्वोच्चले सुनुवाइ अघि बढाउने बाटो खुलेको छ। अधिवक्ता ज्ञानेन्द्र आरण र रामेछापका कल्याण बुढाथोकीले प्रचण्डलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाउन मागसहित दिएको रिट निवेदन सर्वोच्चमा हालेका थिए। सुरुमा दरपीठ भएको यो मुद्दालाई सर्वोच्चको इजलासले शुक्रबार दर्ता आदेश दिएको थियो।
उक्त रिट दर्ता हुने खबर पाएसँगै माओावादीका तत्कालीन घटकका सबै नेता एक ठाउँ जुटिसकेका छन्।


























