चितवन विशेष

नारायणगढमा हंस सहकारीेले मनायो फागुपूर्णिमा

Banner

चितवन, फागुन २२-

हंस बहुउद्देश्यीय सहकारी संस्थाले नारायणगढमा फागुपूर्णिमा पर्व मनाएको छ ।

सहकारीको कार्यसमिति र साधारण सदस्यहरुले सोमबार एकआपसमा रंग लागएर फागुपूर्णिमा पर्व मनाएका हुन् ।

सोही अवसरमा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान पनि गरिएको छ । संस्थाका अध्यक्ष दिनेशकुमार चुकेको मुख्य आतिथ्यतामा भएको कार्यक्रममा युवा, स्वास्थ्य, संस्कृति, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिले कार्यक्रमलाई संयुक्तरुपमा संयोजन गरेका थिए । कार्यक्रममा अध्यक्ष चुकेले हंसले समय सापेक्ष संस्कृतिको जगेर्ना गर्दै विभिन्न दिवशहरू समेत मनाउँदै आएको बताए । संस्थाको आगामी क्रियाकलापहरुको जानकारी दिँदै सहकारीको गतिविधिको बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा संस्थाकी सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल, सदस्य कृष्णहरि तिमल्सेनाले शुभकामना मन्तव्य राखेका थिए । महिला परिचालन उपसमितिका संयोजक अनिता मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपसमिति सदस्य लक्ष्मी लामिछानेले दिएकी थिइन् भने कार्यक्रमको सञ्चालन युवा, स्वास्थ्य, संस्कृति, सञ्चार तथा वातावरण उपसमितिका संयोजक सूर्य बरालले गरेका थिए । कार्यक्रममा नव गठित उपसमितिका संयोजक तथा सदस्यहरुलाई मनोनयनपत्र प्रदान गरिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>