Breaking News

चितवनमा होली लक्षित प्रहरीको झण्डै ३० ठाउँमा ‘चेक पोइन्ट’,ट्राफिक चेकिङमा कडाइ

Banner

चितवन, फागुन २२-

होली पर्वलाई मध्यनजर गरेर आइतबार र सोमबार चितवनको ट्राफिक चेकिङमा कडाइ गरिएको छ ।

चितवनमा आज होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । चितवनमा दुई दिन होली मनाइने भएकोले यो चेकिङ भोलिसम्म जारी रहनेछ ।

चितवनका विभिन्न ३० ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी राजमार्ग क्षेत्र र भित्रि क्षेत्रमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाएअनुसार होलीको अवसरमा सडक दुर्घटना र झैझगडा कम गर्नको लागि चेकिङलाई बढाइएको हो । ठाउँठाउँमा ट्राफिक प्रहरीका चेक प्वाइन्ट र जनपथ प्रहरीले पनि चेकिङलाई निरन्तरता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले चितवनको विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको चितवन ट्राफिक कार्यालयका प्रमुख धर्मबहादुर अधिकारीले नारायणी अनलाइनलाई जानकारी दिए । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी हाँक्नेलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार एक सूचना जारी गर्दै इच्छाविपरीत कसैलाई रङ दल्ने, लोला हान्ने, होली मनाउने नाममा अभद्र व्यवहार गर्नेलाई कडा सजाय गरिने जनाएको थियो । चितवन प्रहरीका अनुसार लागुपदार्थ सेवन गरेर सवारी हाँक्ने तथा ट्राफिक नियम उल्लंघन गरी लापर्बाहीका साथ सवारी हाँक्ने बाहेक अन्य त्यस्तो अभद्र व्यवहार भएको उजुरी प्रहरीमा आएको छैन । होली पर्वलाई मर्यादित र सुरक्षित बनाउनका लागि चितवन ट्राफिक प्रहरीले थप सक्रियता जनाएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>