खेलकुद

युएईविरूद्ध नेपालले छैटौं विकेट गुमायो

Banner

काठमाडौं, फागुन २२-

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत खराब सुरूआत गरेको नेपालले छैटौं विकेट गुमाएको छ।

६८ रनमा ५ विकेट गुमाएर खराब प्रदर्शन गरिरहेको नेपालका लागि भीम सार्की र सन्दीप लामिछानेले ५६ रनको साझेदारी गर्दै नेपालको १०० रन पार गराएका थिए। तर ३२ औं ओभरको दोस्रो बलमा लामिछाने व्यक्तिगत २७ रनमा क्याचआउट भए। उनले ४० बल खेल्दै १ चौका हिर्काए।

नेपालका लागि शीर्ष ५ ब्याटर ज्ञानेद्र मल्लले ११, आशिफ शेख ६, कुशल मल्ल ३२, रोहित पौडेल १, दीपेन्द्र सिंह ऐरी ४ रनमा आउट भए।

युएईका लागि जुनाइद सिद्धिकि र आयन लाक्राले २-२ तथा रोहन मुस्ताफा र कार्तिक मैयाप्पनलेले १-१ विकेट लिए।

अहिले क्रिजमा आरिफ खेख र भीम सार्की ब्याटिङ गरिरहेका छन्।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा नेपालले ३३ ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएर खेलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>