राशिफल

आज फागुन २२ गते सोमवार, यस्तो छ तपाईको राशिफल

Banner

आज २०७९ साल फागुन २२ गते सोमवार, सन् २०२३ मार्च ६ तारिख । विभिन्न राशि भएका व्यक्तिहरुको आजको राशिफल यस्तो रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तजनसँग सुमधुर सम्बन्ध कायम हुनेछ । सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनेछ, तर आहार विहारमा सजगता अपनाउनु पर्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घर परिवारप्रति जिम्मेवारी बढ्नेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । कृषि कार्यमा सफलता हात लाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मनमा हर्ष र प्रसन्नताका हुन सक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सांस्कृतिक कार्यमा सरिक भइनेछ । बोलीवचन एवं भाषण आदिमा प्रशंसा मिल्नेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । यात्रा गर्दा बाटोमा दुख हुन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सेवा गर्ने अवसर जुट्न सक्छ । करियरको क्षेत्रमा साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । धन हात पार्न पनि सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज साथीभाइसँग रमाइलो गरि दिन बित्नेछ । आफन्त, सहयोगी र मित्रवर्गको साथ र सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । सांस्कृतिक कार्यमा सरिक पनि भइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) औपचारिकतामा अल्ली बढी व्यस्त रहन पर्नसक्छ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परोपकार तथा सहयोग आदिमा भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिएला र त्यसबाट लाभ पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घर परिवारमा मनोरञ्जनपूर्ण वातावरण बन्नेछ । व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ । परोपकारजन्य कार्यमा लगाव पनि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>