Breaking News

प्रचण्डलाई पक्राउ गरी अनुसन्धान गर्ने रिट भोलि दर्ता हुने

Banner

काठमाडौं, फागुन २०–

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फौजदारी कसुरमा पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै सर्वाेच्च अदालतमा भोलि (आइतबार) रिट दर्ता हुने भएको छ ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएसँगै दुई वर्षपछि अर्थात आइतवार रिट दर्ता गरिन लागेको हो।

२०७६ माघ १ गते माघी पर्वका दिन टुँडिखेलमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिएको अभिव्यक्तिलाई लिएर अधिवक्ता ज्ञानेन्द्रराज आरणलगायतका २५ जना र कल्याण बुढाथोकी लगायतका ९ जनाले सर्वोच्चमा रिट दर्ता गर्न खोजे पनि दर्ता हुन सकेको थिएन।

दर पिठ भए पछि पुनः कात्तिक २४ गते भएको दरपिठविरुद्ध उनीहरू पुनः मङ्सिर ७ गते सर्वोच्च अदालतमा दरपिठविरुद्ध रिट लिएर पुगेका थिए। सोही रिटमा सुनवाई गर्दै न्यायधिसद्वय कार्की र फुयाँलले मुद्धा दर्ता गर्न आदेश दिएका छन्।

शुक्रबार ढिलो गरी आदेश आएको र लिखित आदेश प्राप्त नभएको कारण आइतबार आदेशको प्रतिलिपि लिई रिट आइतवार मुद्धा दर्ता गरिने अधिवक्ता ज्ञानेन्द्रराज आरणले सञ्चारकर्मीलाई जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>