Breaking News

नेविसंघ चितवनको अध्यक्षमा राजेश भुसाल मनोनित

Banner

चितवन, फागुन २०–

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको मुखमा नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी संघ चितवन चितवनको अध्यक्षमा राजेश भुसाल मनोनित भएका छन् ।

नेविसंघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ चितवनको अध्यक्षमा भुसाललाई मनोनित गरेका हुन् । भुसाल सप्तगण्डकी बहुमुखि क्याम्पसबाट उदायका विद्यार्थी नेता हुन् ।

स्ववियु चुनाव चैत ५ गते हुँदै छ । नेविसंघ चितवनको कार्यबहाक अध्यक्षको जिम्मेवारी पाएका राजन दाहालसहितको टिमले भने नयाँ अध्यक्ष नमान्ने चेतावनी दिएका छन् ।

नेविसंघ चितवनका पूर्व अध्यक्ष सूर्य ढकालले आफु कांग्रेस कांग्रेस चितवनको सचिवमा चुनाव लड्ने भएपछि नेविसंघको कार्यबहाक अध्यक्ष राजन दाहाललाई दिएका थिए । दाहालसहित १० जना विद्यार्थी नेताले शुक्रबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी केन्द्रबाट जिल्ला अध्यक्ष मनोनयन गरेको कुराको विरोध जनाएका हुन् ।

‘नेविसंघको विधि, विधान, मर्म एवम् भावना विपरित कुनै अमुक व्यक्तिको नाममा नेविसंघ केन्द्रको हवला दिँदै जिल्ला अध्यक्षको जिम्मेवारी दिएको भन्ने कुरा सामाजिक सञ्जाल मार्फत प्रचार–प्रसार भएकोमा हाम्रो गम्भिर ध्यानाकर्षण छ र उक्त कार्यको हामी घोर विरोध, निन्दा एवम् भत्र्सना गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

आजका मितिसम्म नेविसंघ चितवनको नयाँ अध्यक्ष कोहि नभएको र नेविसंघलाई अगाडि बढाउने विषयमा वृहत विद्यार्थी भेला मार्फत निर्णय गरिने उनीहरुले बताएका छन् । साथै भ्रामक कुराको पछाडि नलागी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनमा आफ्नो उमेदवारलाई विजयी गराउन सक्रिय रुपले लाग्न पनि आग्रह गरिएको छ ।

 

संस्थापन इतरको विज्ञप्ति

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>