खेलकुद

भारतलाई ९ विकेटले हराउँदै अष्ट्रेलिया टेष्ट च्याम्पियनसिपको फाइनलमा

Banner

काठमाडौं, फागुन १९-

भारतलाई हराउँदै अष्ट्रेलिया टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ। भारतविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन अष्ट्रेलियाले शुक्रबार नौ विकेटले हराउँदै च्याम्पियनसिपको उपाधि नजिक पुगेको हो। जितका लागि ७६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले मात्र एक विकेट गुमाएर पुरा गर्‍यो।

उसका लागि मार्नस लबुसचेनले २८ तथा ट्रेभिस हेडले ४९ रन बनाए। ओपनर उसमान खाउजा शुन्यमा आउट भएपछि उनीहरूले दोस्रो विकेटका लागि आक्रामक ७८ को निर्णायक साझेदारी गरेका हुन्। त्यस अगाडि भारत आफ्नो दोस्रो इनिङ्समा १ सय ६३ बनाएर अलआउट भएको थियो ।

भारत आफ्नो पहिलो इनिङ्समा १ सय ९ रन बनाएर अलआउट भएपछि खेल अस्ट्रेलियाको पक्षमा मोडिएको थियो। त्यसको जवाफमा अस्ट्रेलियाले १ सय ९७ रन बनएको थियो। यो नतिजासँगै चार टेस्टको शृंखलामा भारत २–१ ले अगाडि छ। भारतले सुरूआती दुई टेस्ट जितेपछि अस्ट्रेलियाले तेस्रो टेस्ट जितेको हो।

च्याम्पियनसिपको फाइनलमा पुग्ने दोस्रो टोलीको टुंगो भारत र अष्ट्रेलियाबीच हुने चौथो टेष्ट पछि हुनेछ।

फाइनलमा स्थान बनाउन भारतलाई चौथो टेष्ट जित्नैपर्ने हुन्छ। यदि भारतले उक्त खेल नजिते फाइनल पुग्ने दोस्रो टोलीको निर्णय न्युजिल्यान्ड र श्रीलंकाबीच हुने टेष्ट सिरिजपछि हुनेछ। श्रीलंकाले यसै महिना न्यूजिल्याण्डमा दुई टेस्टको सिरिज खेल्दैछ।

भारत फाइनलमा नपुगे श्रीलंकाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न न्युजिल्यान्डलाई २–० ले हराउनुपर्नेछ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>